१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ करोड भारतीय रूपैयाँ पर्ने सर्पको विषसहित एक पक्राउ



अ+ अ-

भद्रपुर । करोडौँको मूल्य बराबरको विषालु सर्पको विषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भाररतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले प्रक्राउ गरेकोे हो ।

काकँडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दार्जिलिङ् जिल्लाको पानीठ्याङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालियनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको टोलीले भारतीय ३५ करोड रुपियाँ मूल्य बराबरको सर्पको विषसहित झापा बुद्धशान्ति गाउँपालिका ४ का अन्दाजी ४९ वर्षीय बलबहादुर यावालाई पक्राउ गरेको जनाएको छ ।

उनलाई बिहीबार दिउँसो भारतको पानीट्याङ्की बसपार्क नजिकैबाट पक्राउ गरेको हो । बलबहादुरले सिसाको ठुलो भाँडोभित्र राखेको लगभग दुई पाउन्ड सर्पको विष एसएसबीले बरामद गरेको थियो । नेपालबाट सर्पको विष भारततर्फ तस्करी भइरहेको गोप्य सुचनाका आधारमा बलबहादुरमाथि शंका लागि जाँच गर्दा सर्पको विष फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

यस विषमा सोधपुछ गर्दा उनले नेपालबाट सर्पको विष ल्याएको स्वीकारेका छन् । उनले ल्याएको सर्पको विष पानीट्याङ्कीमा एक जनालाई दिन आएको र अरु केही थाहा नभएको एसएसबीलाई बताएको जनाइएको छ । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।