१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल खरिद गर्न सरकारलाई ३ अर्ब माग



अ+ अ-

काठमाडौं । कृषि सामग्री लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको छ । कम्पनीले रासायनिक मल आयात गर्न थप ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष किसानले रासायनिक मलको अभाव खेप्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ माग गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक अमरराज खैरले मन्त्रालयले तत्काल ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष पनि मलको अभाव हुने बताए । मन्त्रालयले यसअघि कम्पनीलाई अनुदान उपलब्ध गराइसकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार वार्षिक ७ लाख टन मल खपत हुने देखिए पनि ३ लाख टन मात्रै आयात हुने गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक खैरले मलको मूल्य बढाउने सर्तमा मात्रै अर्थ मन्त्रालय रकम निकास गर्न तयारी भएको बताए । उनले मलको मूल्य बढाउने अवस्था नरहेको बेला मन्त्रालयले सर्त अगाडि सारेर मलको अभाव सिर्जना गर्न खोजेको आरोप पनि लगाए । भारतबाट आयात गर्ने रासायनिक मलको परिमाण नबढाएसम्म मलको अभाव हुन नसक्ने उनको भनाइ छ । यो समाचार कारोबारमा प्रकाशित छ ।