२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एका एक राजधानीबासी त्रसित, सम्बन्धीत निकाय मौन



अ+ अ-

काठमाडौं । व्यस्त शहरी दैनिकी । सवारीको चहल पहल उस्तै । शान्ति सुरक्षाको हिसावले शान्त र खतरामुक्त । शुक्रबार बेलुकी साँढे आठ बजेसम्म देशको मुख्य राजधानीको ताजा अबस्था यस्तै थियो । तर त्यसपछिको अबस्थाले अर्कै रुप लियो । राजधानीबासीमा त्रास निम्त्यायो ।

ललितपुरको नख्खुमा भएको बम विष्फोट र राजधानीकै नक्सालमा फेला परेको बमले गर्दा राजधानीबासी एक्कासी आक्रान्त बने । नक्सालमा फेला परेको बम सेनाले निस्कृय पारे पनि नख्खुमा विष्फोटनै भयो । मानबीय क्षती नै हुन पुग्यो ।

एनसेलको मुख्यालयलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम पड्किँदा ३ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भिर घाइते भएका एकको उपचारको क्रममा मृत्युसमेत भएको छ भने अन्य दुईको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विष्फोटमा परी घाइते बनेका लमजुुङका सिंहप्रसाद गुरुङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । ४९ वर्षीय गुरुङ सिंगापुरे लाहुरे भएको खुलेको छ । उनी ३ वर्षअघि सिंगापुर प्रहरीबाट अवकास पाएर स्वदेश फर्केका थिए । गुरुङको दुबै खुट्टामा गम्भिर चोट लागेको, कम्मरका हड्डीहरु भाँचिएको र रगत बग्ने ठूला नसाहरु काटिएकोले अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य दुई जना घाइतेहरु ललितपुर बाग्डोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रे बनेपा घर भएकी २५ वर्षीया उरुषा मानन्धरको स्वास्थ्य अबस्था चिन्ताजनक नभएको अस्पतालले जनाएको छ ।

घाइतेहरु खड्का र मानन्धर अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ भने मृतकको उचित क्षतीपूर्ति र घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने गृहमन्त्री रामबहादुर थापाले घाइतेहरुको स्वास्थ्य अबस्था बुझ्न आउने क्रममा बताउनुभयो ।

घाइते मानन्धर मेडिसिटीकै स्टाफ नर्स हुन् । उनको खुट्टामा गहिरो चोट लागेको छ भने अर्की घाइते खड्काको पातोमा चोट लागेको अस्पतालले जनाएको छ ।

यस्तै बम विष्फोटमा संलग्न भएको आशंकामा एनसेलकै दुई सुरक्षा गार्डलाई विष्फोट भएको केहीबेरमै नियन्त्रणमा लिइएको थियो भने शनिबार अन्य ४ जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिषर ललितपुरमा राखिएको परिसरका उच्च स्रोतले बताएको छ । स्रोतले पक्राउ पर्नेहरुको नाम गोप्य राखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु घटनामा संलग्न देखिएकोले म्याद थप गरी अनुसन्धान थालिएको परिषर प्रहरी स्रोतले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।




भर्खरै