३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण
अ+ अ-

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ ।

जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराएका छन् ।

विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ४१६ घरमा पूर्ण क्षति पुगेको सरकारी तथ्याङ्क छ । तीमध्ये हालसम्म ५२।७५ प्रतिशत लाभग्राहीले नयाँ घर निर्माण गरिसकेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख विकी लाखाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आधाभन्दा बढी लाभग्राहीले सरकारी अनुदान लिएर बनाएको भूकम्प प्रतिरोधात्मक भवनमा बसोबास गर्न थालिसकेका छन् । भूकम्पपीडितमध्ये ६२ हजार ८५२ लाभग्राही ९८२।२५ प्रतिशत० ले आवास निर्माणको जग बसालेर अनुदानको दोस्रो किस्ता रकम लिई घर निर्माणलाई अन्तिम चरणमा पु¥याएका छन् ।

कूल लाभग्राहीमध्ये ७१ हजार ५२२ लाभग्राहीले घर निर्माणका लागि भूकम्पप्रतिरोधी आवास बनाउन सम्झौता गरेर पहिलो किस्ता रकम लिएको कार्यालय प्रमुख लाखाले जानकारी दिनुभयो । “घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिने अधिकांशले पुनःनिर्माण थालिसकेका छन्”, उहाँले भन्नुभयो, “केहीले बनाउन बाँकी छ, तिनीहरूका लागि ताकेता भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न गराउन सक्ने आशा जगाएको छ ।”

सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र अन्तिम तथा तेस्रो किस्ता रु एक लाख गरेर तीन चरणमा रु तीन लाख दिँदै आएको छ ।