९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर)



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध तीर्थस्थल हो– कैलालीको राजकाँडा जालपादेवी मन्दिर । यो मन्दिर कैलालीमा मात्र नभई सुदूरपश्चिम प्रदेशमै प्रसिद्ध छ ।

मन्दिरको दर्शन र पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन पुग्ने गरेका छन् । जालपादेवी मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

धार्मिक पर्यटक पनि यो मन्दिरमा पुग्ने गरेका छन् । यहाँबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । तर मन्दिरसम्म पुग्न सहज बाटोको व्यवस्था भने छैन ।

अब भने यो ठाउँमा केबलकार निर्माण हुने भएको छ । कैलालीको चिसापानी–राजकाँडा जालपा देवी केबलकारको शिलान्यास आज हुँदै छ । केबलकार निर्माणपछि चिसापानीबाट राजकाँडा जालपादेवी मन्दिरमा पुग्न सजिलो हुने छ ।

यो मन्दिरमा भारतीय तिर्थयात्रीहरु पनि पर्याप्त आउने गरेका छन् । केबलकार निर्माणपछि त भारतको उत्तर प्रदेशबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना देखिएन्छ । योसँगै यो सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध पर्यटकीय स्थल बन्ने छ ।

 




भर्खरै