१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री खनाल गर्जिए, बर्तमान सरकारले कायापलट गरेको दाबी



अ+ अ-

इनरुवा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आज आयोजित बृहत् सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेता खनालले जनमतबाट बढारिएको काङ्ग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्मत प्रयास गरिरहेको बताउनुभयो । “काङ्ग्रेस पार्टीभित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेस नेकपाको सरकार विरुद्धको दुष्प्रचारमा केन्द्रीकृत छ ।”

विभिन्न समयमा मुलुकको बागडोर सम्हाले पनि दीर्घकालिन सोच र दूरदृष्टि अभावका कारण नेपाली काङ्ग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको नेता खनालको आरोप थियो । मुलुकको समृद्धि र विकासमा वर्तमान सरकारले कायापलट गरेको उहाँको दाबी थियो ।

नेकपाका प्रदेश नं १ इञ्चार्ज भीम आचार्य, प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा रामचरण मेहता, रामचन्द्र मेहतासहित काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमका ३०० भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको बताइएको छ ।