• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

पूर्वप्रधानमन्त्री खनाल गर्जिए, बर्तमान सरकारले कायापलट गरेको दाबी



इनरुवा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आज आयोजित बृहत् सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेता खनालले जनमतबाट बढारिएको काङ्ग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्मत प्रयास गरिरहेको बताउनुभयो । “काङ्ग्रेस पार्टीभित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेस नेकपाको सरकार विरुद्धको दुष्प्रचारमा केन्द्रीकृत छ ।”

विभिन्न समयमा मुलुकको बागडोर सम्हाले पनि दीर्घकालिन सोच र दूरदृष्टि अभावका कारण नेपाली काङ्ग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको नेता खनालको आरोप थियो । मुलुकको समृद्धि र विकासमा वर्तमान सरकारले कायापलट गरेको उहाँको दाबी थियो ।

नेकपाका प्रदेश नं १ इञ्चार्ज भीम आचार्य, प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा रामचरण मेहता, रामचन्द्र मेहतासहित काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमका ३०० भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको बताइएको छ ।