१२ मंसिर २०८१, बुधबार
,
Latest
मन्त्रीबिहीन प्रधानमन्त्रीको भ्रमण, परराष्ट्रमन्त्री भोलि छेन्दु जाने ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’ जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा संकुचन !



अ+ अ-

प्रा. कृष्ण खनाल

काठमाडौँ — गायक पशुपति शर्माको गीत प्रकरण सेलाउन नपाउँदै संसद्मा सूचना प्रविधिसम्बन्धी विधेयक चर्चामा आएको छ । सूचना प्रविधिको विकास, प्रवर्द्धन र नियमन गर्नु यो विधेयकको मुख्य प्रयोजन भनिएको छ । सांसदहरूले त्यसमा छलफल प्रारम्भ गरेका छन् । विधेयकमाथि विपक्षी दलका सांसदहरूले बढी चासोका साथ प्रश्न उठाउनु उनीहरूको राजनीतिक धर्म हो ।

यसबारे खास गरी सञ्चार प्रविधिका क्षेक्रमा त्रियाशील र चासो राख्ने नागरिकको विचार सर्वाधिक महत्त्वको हुन्छ । विधेयक पारित गर्ने बहुमतीय हतारो एवं सनातनी संसदीय औपचारिकताभन्दा यस विषयमा व्यापक र जानकारीमूलक बहस अपेक्षित छ ।सञ्चार प्रविधिमा चमत्कारी परिवर्तन आइरहेको छ, माध्यममा विविधता छ । अभिव्यक्तिका तौरतरिका र शैली बदलिएका छन् ।
सामाजिक सञ्चार अर्थात् सोसल मिडिया भनेर चिनिने यो माध्यमको पहुँच, प्रयोग र प्रभाव व्याफक छ । यसले व्यक्ति–व्यत्तिबीच प्रत्यक्ष सञ्चार र संवाद स्थापित गरेको छ । विचार र अभिव्यक्ति स्वतन्त्रतालाई व्यापक बनाएको छ, नयाँ आयाम थपेको छ । हाम्रो संविधानले पनि यसलाई सुनिश्चित गरेको छ । संविधानप्रदत्त यो अधिकारलाई यस सन्दर्भमा पनि बुझ्नु आवश्यक छ ।
यसले परिवार, आफन्त र निकट सामाजिक एवं सरोकार समूहबीच पारस्पारिक सञ्चार र सम्बन्ध मात्र होइन, राजनीति र शासन–प्रशासनका परम्परागत संस्थागत एवं प्रयोगमा पनि परिवर्तन ल्याउन थालेको छ । हरेक सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानलगायत सार्वजनिक वा निजी सबैले अकाउन्ट खोलेका छन्, त्यसबाट सार्वजनिक सञ्चार स्थापित गरेका छन् । हामी डिजिटल गभर्नेन्सको युगमा प्रवेश गरिरहेछौं । निमेषभरमै मानिसका हातहातमा सूचना पुग्छ ।
उसले तत्कालै प्रतिक्रिया प्रवाह गर्न सक्छ र पक्ष–विपक्षमा जनमत बन्छ । यो प्रविधि र प्रयोगले सार्वजनिक जिम्मेवारीमा बसेका शासक, प्रशासक, नेतादेखि सेलिब्रिटी कोही पनि बोलीवचन, हाउभाउ र व्यवहारमा कतै चुके भने सामाजिक सञ्जालमा भाइरल बन्छन्, जनमतको कठघरामा तानिन्छन् । सूचना प्रवाह संक्रामक पनि बन्दै छ, सकारात्मक नकारात्मक दुवै अर्थमा । सूचना प्रविधिको यो प्रभाव विश्व्यापी छ ।
यसले राजनीतिक सञ्चारमा पनि व्यापक परिवर्तन ल्याएको छ । राजनीतिक उपयोगिता बढेको छ । यसको श्रेय फेसबुकका निर्माता मार्क जुकरबर्गलाई जान्छ । उनी सन् २००४ को अमेरिकी राष्ट्रपति चुनावका बेला डेमोक्र्याट उम्मेदवार जोन केरीका प्रचारक थिए । फेसबुकका डिजाइनर क्रिस हुग्स राष्ट्रपति ओबामाका सल्लाहकार भए । २००८ देखि अमेरिकामा राष्ट्रपति चुनावको यो सबैभन्दा लोकप्रिय र प्रभावकारी प्रचार माध्यम भयो ।
अहिले सोसल मिडिया चुनाव प्रचारप्रसारको अपरिहार्य माध्यम बनेको छ । नेपालमा पनि यसको प्रयोग बढ्दो छ । यो ठूल्ठूला राजनीतिक परिवर्तनका लागि जनमत परिचालनको सशक्त माध्यम प्रमाणित भएको छ । अरब स्प्रिङ भनेर चर्चित ट्युनिसिया, इजिप्टलगायत मुलुकको आन्दोलनमा सोसल मिडिया खास गरी फेसबुक अभियान सर्वाधिक हावी भएको थियो । कहाँ कतिखेर प्रदर्शनका लागि जम्मा हुने, कसले सम्बोधन गर्दै छ आदि सबै कार्यक्रम फेसबुक स्टाटस र सेयरिङबाट प्रचारित हुन्थे ।
परम्परागत रूपमा उपयोग गरिँदै आएका छापा खबर, रेडियो, टेलिभिजनको उपयोगिता सीमित भएको छ । राजनीति र राज्य सञ्चालन सम्बन्धमा जनमत प्रतिबिम्बन गर्ने शताब्दी पुराना यी माध्यमको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । परम्परागत प्रेस स्वतन्त्रताको अर्थ साँघुरो भएको छ । पत्रपत्रिका र रेडियो टीभीबाट टाढा रहँदा पनि राजनीतिक सञ्चारबाट कोही वञ्चित हुँदैन । अनलाइन संस्करण, मोबाइल सेल फोनका माध्यमबाट सेकेन्डभरमा हातहातै समाचार पुग्छ । सरोकारवाला उपभोक्ताले तत्कालै प्रतिक्रिया दिन सक्छ र उसैगरी त्यो सम्प्रेषित पनि हुन्छ ।
सूचना प्रविधिको पछिल्लो स्वरूप खास गरी विभिन्न एप्स र सञ्जालको प्रयोग व्यक्ति र समूहको स्वेच्छामा आधारित छ । उसले जतिखेर जसरी चाह्यो प्रयोग गर्न सहज भएको छ । संसारको कुनै पनि कुनामा बसेर उसले आफूलाई घरपरिवार, समुदाय, पेसाव्यवसाय मात्र होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका सार्वजनिक नीति र व्यवहारसँग समेत जोड्न सक्छ । प्रविधिको यस्तो विकासले भूमण्डल नै व्यक्तिका हत्केलामा पुर्‍याइदिएको छ । यसले एकातिर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई अत्यधिक फराकिलो ठाउँ दिएको छ भने अर्कातर्फ अनुकूल जनमत निर्माण र तत्काल दबाबका लागि सञ्जालयुक्त तयारी मञ्च पनि उपलब्ध गराएको छ । सञ्चारको यो प्रगति र विस्तार स्तुत्य छँदै छ, सँगसँगै थुप्रै चुनौती र प्रश्न पनि छन् ।
ट्विटर, फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतबाट तत्कालै विचार, अभिमत, प्रतिक्रिया दिन सजिलो भएको छ । यसले शासकवर्गलाई तर्साएको छ । उसले कुनै नीतिगत निर्णय लिनु र कार्यान्वयनका लागि कदम चाल्नुभन्दा पहिले नै त्यो सामाजिक सञ्चारको विषय बन्छ । तत्कालै भाइरल बन्न सक्छ । यो निर्बाध छ, नियन्त्रण त पछिको कुरा हो । सरकार प्रतिरक्षा गर्न नसक्ने हुन्छ । कतिपय अवस्थामा त्यसलाई फिर्ता लिन वा स्थगन गर्न बाध्य हुन्छ । सरकार र नेताहरूको लोकप्रियताको मापन पनि यसैबाट हुन थालेको छ । परिणामस्वरूप सत्तामा बस्नेहरू यसलाई आफू अनुकूल नियमन गर्न हतारमा छन् ।
सोसल मिडियाको धार दुवैतिर लाग्ने कर्दजस्तै छ । सकारात्मक, नकारात्मक दुवैखाले उपयोग भएको छ । सामाजिक सञ्चारका सन्दर्भमा यसको सबैभन्दा कमजोर पक्ष भनेको यो घटना र व्यक्तिमाथि निजात्मक टिप्पणी र फ्रतिक्रियाकेन्द्री छ, संत्रामक पनि छ । यस विषयमा व्यापक जानकारी र बहसको ठाउँ छैन । विषयको गहिराइमा नपुग्दै जनमत भाइरल बन्ने खतरा हुन्छ । त्यसका दृष्टान्त छन् ।
केही वर्षयता यसको दक्षिणपन्थी राजनीतिक उपयोग बढेको विश्लेषण छ, युरोप अमेरिकामा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही दृष्टान्तका रूपमा लिने गरिन्छ । रूस र चीनले यसको कठोर नियमन गरेका छन् ।
दुवैमा सरकारप्रति असहमति, असन्तुष्टि वा फरक दृष्टिकोण राख्न निषेधित छ । चीनमा फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्रामलगायत कतिपय पश्चिमा माध्यमलाई प्रतिबन्ध लगाइएको छ । उसले आफ्नै भर्सनका सामाजिक सञ्जाल विकास गरेको छ, सर्च इन्जिन बनाएको छ । राजनीतिभन्दा व्यवसायमुखी नीति लिएको छ । रूस वा चीन हाम्रा लागि नियमनको उदाहरण होइन, हुन सक्तैन ।
सरकारले संसद्मा पेस गरेको सूचना प्रविधिसम्बन्धी विधेयकलाई फराकिलो र व्यापक सन्दर्भमा हेर्नु आवश्यक छ । विधेयकले सूचना प्रविधिको विकास र प्रवर्द्धनका लागि भने पनि यो व्यावसायिक एवं व्यापारिक नियमनमुखी छ । हाम्रो शासकीय चरित्र व्यवसाय व्यापारमा राजस्वको आशा देखाएर निजी लाभको चलखेललाई बढी ठाउँ दिने प्रवृत्तिको छ । राजस्व र व्यावसायिक/व्यापारिक आँखाले मात्र हेर्न हुँदैन । अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक एवं व्यापारिक उपयोगबीच गम्भीर रूपमा भिन्नता स्थापित गर्नु जरुरी छ । अन्यथा नियमनको पहिलो सिकार अभिव्यक्ति स्वतन्त्रता हुन सक्छ ।
लोकतन्त्रमा सोसल मिडियाको नियमन गर्ने कुरा विवादित छ । स्वतन्त्रताका पक्षबाट यसको नियन्त्रण वा नियमन सम्भव छैन भन्ने दृष्टिकोण छ । नियमन भनेको निषेध हो । सरकारले उपभोक्ताको चेतना र विवेकलाई प्रोत्साहित गर्नुपर्छ, सम्मान पनि । यो आफैं नियमित हुन्छ । अतिसार विचार आफैं औचित्यहीन हुन्छ र फ्याँकिन्छ भन्ने बुझाइ पनि छ । व्यक्तिले फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, जीमेलजस्ता अन्तर्राष्ट्रिय सेवाप्रदायकबाट उपलब्ध उपभोग सुविधाका लागि राज्यको अनुमति अनिवार्य कुरा होइन ।
त्यसमा हुने केही विज्ञापनबाट उठाउन सकिने करका लोभमा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई जोखिममा राख्नु उचित होइन ।व्यापारिक वा व्यावसायिक प्रयोजन फरक कुरा हो । यसको भिन्नता विधेयकले छुट्याउन सकेको पाइन्न । उदाहरणका लागि कुनै विश्वविद्यालय स्थापना र सञ्चालन गर्न ऐन चाहिन्छ । त्यो नै नियमनको अस्त्र हो । त्यो ऐन वा नियमन विश्वविद्यालयको स्वायत्तता र त्यहाँ अपेक्षा गरिने प्राज्ञिक स्वतन्त्रता प्रतिकूल हुनु हुँदैन । ऐनले त्यसको प्रतिरक्षा र संवर्द्धन गरेको हुनुपर्छ ।
विधेयकमा यो ऐनअनुसार चलाइने मुद्दा हेर्न एउटा छुट्टै सूचना प्रविधि अदालत गठन गर्ने प्रस्ताव छ । यो अदालत अर्धन्यायिक चरिक्रको देखिन्छ । यसको नियुत्ति सरकारबाट हुन्छ र उसैप्रति उत्तरदायी रहने देखिन्छ । यो विचारणीय कुरा हो । कानुन आफैंमा ठीक बेठीक हुँदैन, यसको प्रयोग कसरी गरिन्छ र मुलुकको न्यायपालिकाले त्यसको कसरी व्याख्या गर्छ, महत्त्वपूर्ण हो । लोकतन्त्र र संविधान प्रतिकूल सरकारले ऐन प्रयोग गर्दा त्यसलाई अवैध घोषणा गर्ने काम न्यायपालिकाको हो ।
सञ्चार प्रविधि र त्यसको प्रयोग विधिमा पर्याप्त जानकारी नभएकाका लागि विधेयकको भाषा बोधगम्य छैन । म पनि यसका विविध पक्ष बुझ्न सक्तिनँ तर यो विधेयक आममानिसको सरोकारमा पर्छ । नेपालमा सूचना प्रविधि प्रयोग गर्ने मानिस करोडभन्दा माथि छन् । राजनीति गर्नेका लागि पनि यो माध्यम सबैभन्दा सजिलो छ । चाहे प्रधानमन्त्री हुन् वा विपक्षी दलका नेता वा अरू कोही, सबैका फेसबुक र ट्विटर अकाउन्ट छन् ।
आफ्ना कुरा पोस्ट गर्छन्, राजनीतिक सञ्चार स्थापित हुन्छ । सूचना प्रविधिले कैयौं युवालाई स्वरोजगारी दिएको छ । यो विधेयक ती युवामाझ पनि छलफल अपेक्षित छ । नेपालमा कैयौं फेसबुक प्रयोगकर्ता ग्रामीण महिला र निरक्षर छन् तर उनीहरूले सहजतासाथ एप्स डाउनलोड गरेका छन् । जानीनजानी कैयौं पोस्ट लाइक र सेयर गर्छन् । विधेयकले त्यसलाई निरुत्साहित नगरोस्, रोक नलगाओस् । (कान्तिपुर दैनिकबाट साभार)




न्यूजपोलारबाट थप समाचार
भर्खरै