३१ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी प्रकरणको फाईल अख्तियारमा , के होला त कारवाही !



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धान थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरूसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् ।

‘वाइडबडीका विषयमा अख्तियारले विस्तृत अनुसन्धान थालेको छ’, राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहन्नँ ।’ वाइडबडी खरिदमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइएको उनले सुनाए ।

यसबारे संसद्को सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो । उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी देखाएको थियो । तर, उपसमितिको प्रवितेदन अस्वीकार गर्दै सरकारले पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको थियो । नियुक्तिपत्र नपाउँदै समितिका पदाधिकारीको म्याद सकिएको छ ।

बैठकमा सांसदले वाइडबडीका सम्बन्धमा अख्तियार मौन रहेको भन्दै चिन्ता प्रकट गरे । सांसद सरिता प्रसाईंले अख्तियार किन मौन बसेको भन्दै प्रश्न गरिन् । प्रमुख आयुक्त घिमिरेले वाइडबडीका सम्बन्धमा अख्तियार मौन नरहेको स्पष्ट पारे । तीन सदस्यीय अनुसन्धान समिति बनाएर काम अघि बढाइएको जानकारी उनले दिए ।

यस्तै, उनले तारागाउँ विकास समितिको जग्गा व्यक्तिका नाम गरेको सम्बन्धमा विस्तृत अनुसन्धान थालिएको जानकारी दिए । यसमा तीन सदस्यीय समितिले अनुसन्धान गरिहेको छ । तारागाउँको जग्गामा हायत रिजेन्सी होटल सञ्चालनमा छ । उनका अनुसार पोखरा र कञ्चनपुरलगायत स्थानका सार्वजनिक जग्गा अतिक्रमणदेखि हलियामुक्त कार्यक्रममा अनियमितिताको अनुसन्धान भइरहेको छ । अख्तियारले द्रुत कारबाही समूह बनाएको छ । ‘हामीले स्टिङ अपरेसन गरिरहेका छौं’, उनले भने, ‘हामी अब सेवाग्राहीकै रूपमा ती कार्यालयमा पुग्छौं । गलत कार्यको निगरानी र कारबाही गर्छौं ।’

पछिल्लो समय स्थानीय तहका उजुरी धेरै आएका छन् । यसअघि शिक्षा क्षेत्रका उजुरी आउँथे । स्थानीय तहमा गैरकानुनी नियुक्ति, विकास बजेट हिनामिनालगायत धेरै उजुरी रहेको उनले सुनाए ।

आयुक्त डा. गणेशराज जोशीले आयोगका सुझाव सरकारले कार्यान्वयन नगरेको गुनासो गरे । उनका अनुसार तीन वर्षमा अख्तियारले १ सय ९५ सुझाव दिएको छ । ‘सुझाव कार्यान्वयन निराशाजनक छ’, उनले भने, ‘सरकारले यसमा ध्यान दिनुपर्यौ ।’ आयोगका सचिव महेश्वर न्यौपानेले प्रमुख आयुक्तको नेतृत्वमा ‘इन्टेलिजेन्स’ ब्युरो स्थापना गरी अनुसन्धानलाई तीव्रता दिइने सुनाए ।

भ्रष्टाचार निवारण ऐन २०५९ पहिलो संशोधन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ तेस्रो संशोधनका लागि पहल गरिदिन अख्तियार पदाधिकारीले सांसदसँग आग्रह गरे । दुवै ऐन सम्बोधनका लागि मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । सांसदहरू भैरवसुन्दर श्रेष्ठ, महेश महरा, विमला राई पौडेल, खिमकुमार विक, कालीबहादुर मल्ललगायतले अख्तियारका कामकारबाहीका विषयमा प्रश्न गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।




भर्खरै