३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

मुख्यमन्त्री ग्रामीण विकास शुरु

मुख्यमन्त्री ग्रामीण विकास शुरु
अ+ अ-

रुकुम । रुकुम (पूर्व) को तीनवटै गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । प्रदेश नं ५ ले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ स्वीकृत गरी लागू गरेको हो ।

प्रदेश नं ५ का आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाका घरपरिवार वा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसर तथा सामाजिक संरक्षणका कार्यक्रम मार्फत जीवनस्तर सुधार गरी गरीबी निवारण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले कार्यक्रम स्वीकृत गरी लागू गरेको बताइएको छ ।

यसैअन्तर्गत रुकुम (पूर्व) मा आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका सिस्ने गाउँपालिका, भुमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रम सहजकर्ता लीलामणि गौतमले जानकारी दिनुभयो ।

कार्यक्रम लागू भएको यस जिल्लाका प्रत्येक गाउँपालिकामा प्रदेश ५ सरकारले यसै वर्षका लागि रु ४६ लाख ९० हजारको दरले बजेट पठाएको छ । उक्त बजेटअन्तर्गत प्रत्येक गाउँपालिकामा पूँजीगततर्फ रु १२ लाख ८० हजार रहेको छ भने चालूतर्फ रु ३३ लाख १० हजार रकम रहेको छ ।

कार्यक्रम सहजकर्ता गौतमका अनुसार उक्त बजेटले गरीब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएको समुदाय, घरबारविहीन परिवारको शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिँदै विभिन्न सीपमूलक तालीम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिनेछ ।

एक पालिका एक उत्पादनबाट पहिचान, परम्परागत सीप र कौशल प्रवद्र्धन, राहत, वादी परिवारको पुनःस्थापना र सामाजिक संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

रुकुम (पूर्व) को तीनवटै स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा कार्यक्रम सिफारिश तथा कार्यान्वयन समिति गठन गरिएको छ । समिति गठनपश्चात् आर्थिक तथा सामाजिक सूचकका आधारमा तीनवटै गाउँपालिकाबाट कार्यक्रम छनोटको काम पनि भइसकेको सहजकर्ता गौतमले बताउनुभयो ।

माघ १७ गते सिस्ने, १८ गते भुमे र १९ गते पुथा उत्तरगङ्गा गाउँपालिकामा योजना छनोटका काम भएका हुन् । यो कार्यक्रम जिल्लाको आवश्यकतामा आधारित रहेको सस्ने गाउँपालिकाका प्रशासकीय अधिकृत विमला रोकाले बताउनुभयो ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएका गाउँपालिकाबाट छनोट भएका कार्यक्रम जिल्ला समन्वय समितिको सिफारिशमा सञ्चालन गर्ने प्रावधान रहेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ताको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ । कार्यक्रम प्रभावकारिताका लागि तीनवटै गाउँपालिका हेर्ने गरी एक जना अधिकृतस्तरको सहजकर्ता र प्रत्येक गाउँपालिकामा दुई जना सामाजिक परिचालकको व्यवस्था भएको सहजकर्ता गौतमले बताउनुभयो ।