२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले साउथहृयाम्पटनलाई हरायो



अ+ अ-

काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित हात पारेको छ ।

आइतबार राति आफ्नै मैदानमा भएका खेलमा आर्सनलले साउथहृयाम्पटनलाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा हेनरिख खितरयान र एलेक्जेन्डर लेकाजेटले समान १–१ गोल गरे ।

आर्सनलले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेलको छैटौं मिनेटमा नै लेकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, १७ औं मिनेटमा हेनरिखले गोल गर्दै आर्सनललाई २(० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा नै दोब्बर गोलअन्तरले अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

आइतबार राति नै भएको अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यान्चेस्टर युनाइटेडले गोलरहित बराबरीमा रोकेको छ ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २७ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान खेलबाट ६५ अंक छ ।

लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको ६० अंक हुँदा २७ खेलबाट ५३ अंक बनाएको आर्सनल लिगको चौथो स्थानमा छ ।