१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी लियोनी कार्यक्रममा नाचे आत्मदहन गर्ने चेतावनी



अ+ अ-

काठमाडौँ । पोर्न फिल्मको पृष्ठभूमि भएकी अभिनेत्री सन्नी लियोनी कार्यक्रममा नाचे आत्मदहन गर्ने चेतावनी दिएका छन् । बैंगलौरबाट प्राप्त भिडियोमा आफ्नो धर्म संस्कृतिमाथि बिकृति ल्याएको भन्दै एक समुहले सामुहिक आत्मदहन गर्ने चेतावनी दिएका हुन् ।

बैंगलौरमा सन्नीको विरोधमा उत्रिएको प्रो कन्नड ग्रुप ‘कर्नाटक रक्षना वेदिका युवा सेना’ ले १५ जिल्लामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो । यस दौरानमा सडकमा नारावाजी तथा सन्नीको पोष्टर जलाउने चेतावनी दिइसकेको छ । यसैबीच उक्त युवा सेनाले धम्की दिएको छ कि यदि सन्नीको कार्यक्रम रद्द गरिएन भने सेनाका सदस्यहरुले सामुहिक आत्मदहन गर्नेछन् ।

महासचिव सइद मिनाजले भने, ‘सन्नी भारतीय होइनन् । उनको बारेमा सबैलाई थाहा छ कि उनी पहिले कहाँ थिइन् र के काम गर्थिन् । यस्ती युवतीलाई ल्याएर कार्यक्रम गर्नु हाम्रो संस्कृतिको अपमान हो ।’

सन्नीको विरोध भएको यो पहिलोपटक होइन । अघिल्लो वर्ष पनि यसै समुहले उनको विरोधमा प्रदर्शन गरेको थियो । त्यसो त सन्नीले कन्नड फिल्ममा अतिथि भूमिका निर्वाह गरिसकेकी छिन् ।

हालै मात्र सन्नीले अभिनय गरेको एउटा विज्ञापन पनि विवादमा फसेको थियो । सन्नीमाथि सांस्कृतिक मान्यतालाई उल्लंघन गरेको आरोप लगाउँदै केन्द्र सरकारमा उजूरी परेको थियो । म्यानफोर्सको तर्फबाट गुजरातका केही स्थानमा सन्नीको तस्वीर भएका होर्डिङ बोर्ड लगाइएका थिए । उक्त होर्डिङ बोर्ड अश्लिल भएको भन्दै हटाउनका लागि केन्द्रिय मन्त्री समक्ष उजुरी गरिएको थियो ।