१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटापक्षले ५० हजार नगद दाइजो माग गर्दा १८ वर्षीया छोरीले गरिन आत्महत्या



अ+ अ-

पर्सा । पर्सामा केटा पक्षबाट अत्याधिक दाइजोको माग हुँदा एक युवतिले आत्महत्या गरेकी छिन् । प्रहरीका अनुसार आत्महत्या गर्ने पर्साको जिराभवानी गाउँपालिका–३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिन रहेकी छिन् ।

अभिभावकका अनुसार बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेपछि दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । दोस्रो पटक पनि दाइजोको माग आएपछि बिनले आत्म हत्या गरेकी हुन् ।

बिनको पहिलो पटक छिमेकी निचुटा गाउँका एक युवकसँग टीकाटालो भएको थियो । केटापक्षले ५० हजार नगद मागेको र दिननसक्ने भएपछि आत्महत्या गरेको परिवारले जनाएको छ ।

स्थानीयका अनुसार शनिबार राति आफ्ना पिताले केटा पक्षबाट दाइजो मागेको भनेर परिवारलाई सुनाएका थिए, त्यो कुरा लालसाले पनि सुनेपछि दाइजो दिनसक्ने हैसियत परिवारमा नभएको कारण आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

बिनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न प्रहरीले स्थानीय चन्द्रावती खोलाबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो ।

‘लालसाको घाँटीमा डोरीको चिह्नसमेत देखिएको सूचना स्थानीयले दिएपछि प्रहरीले यो कदम चालेको हो,’ उनले भने ।

किशोरीका आफन्तहरू शव पोस्टमार्टमका लागि वीरगन्ज आएका छन् ।