२८ आश्विन २०८१, सोमबार
,
Latest
घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका खुल्दै, चीनलाई सुरक्षा मुख्य सरोकार



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ ।

आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गत असारमा आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो ।

त्यही सम्झौताका आधारमा अर्थ मन्त्रालयले कार्ययोजना बनाई विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ । चीनले नेपालसँग सुरक्षा प्रत्याभूति खोजेको छ । ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहे पनि नेपालका कतिपय स्थानमा चीनविरोधी गतिविधि भइरहेको चिनियाँ पक्षको बुझाइ छ ।

तातोपानी क्षेत्रमा भूकम्पबाट भत्किएका घरका भग्नावशेष हटाउँदा तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाका तस्बिर र पुस्तक भेटिएका थिए । त्यसपछि चीन त्यहाँको सुरक्षा अवस्थाबाट सशंकित हुँदै आएको छ ।

भौतिक पूर्वाधारलाई समस्या देखाए पनि सुरक्षा मुख्य सरोकार भएको जानकार बताउँछन् । द्विपक्षीय बैठकमा पनि चिनियाँ पक्षले सुरक्षाको विषयलाई महŒव दिँदै आएको छ । भूकम्पपछि त्यहाँका अधिकांश सरकारी कार्यालय विस्थापित भएका थिए । चीन सरकारले भौतिक पूर्वाधार र सुरक्षा अभाव देखाउँदै नाका खोल्न आनाकानी गर्दै आएको थियो ।

नाका क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने सिन्धुपाल्चोककी निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको भनाइ छ । ‘हामीले त्यस क्षेत्रमा सुरक्षा मजबुत बनाएका छौं’, प्रजिअ बन्जाडेले अन्नपूर्णसँग भनिन्, ‘अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ ।’

अर्थ मन्त्रालयले गृह, कृषि, सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रहरी, अध्यागमन, दूरसञ्चार कम्पनी, सिन्धुपाल्चोकस्थित प्रशासन र सडक विभागसँग समन्वय गरिरहेको छ । उसले यी निकायलाई छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्न ताकेता गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुनभित्र मितेरी पुलबाट लार्चासम्मको बाटोमा अनावश्यक संरचना हटाउन सडक विभागलाई निर्देशन दिएको छ । मन्त्री रघुवीर महासेठ केही समयअघि नाका क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

कार्ययोजनाअनुसार क्वारेन्टाइन, बैंक र अध्यागमन कार्यालय चैतभित्र स्थापना हुनुपर्नेछ । अध्यागमन विभागले पनि कार्यालय स्थापना गरी कर्मचारी पठाउने तयारी गरेको छ । अर्थले मालवस्तु जाँचपास, यात्रु जाँचपास र ढुवानी प्रक्रिया निर्धाण गर्न भन्सार विभागलाई निर्देशन दिएको छ ।

तातापानी भन्सार कार्यालयमा दरबन्दी अपुग छ । थप तीन जना भन्सार अधिकृत, १० नासु र ५ कार्यालय सहयोगी पठाइने भएको छ । नाकामा इन्टरनेट सुविधा पु¥याउन, चेकपोस्ट स्थापना, बन्दरगाहमा खटिने कर्मचारीका लागि आवासगृहको व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको कार्ययोजनामा उल्लेख छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।