११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तातोपानी नाका खुल्दै, चीनलाई सुरक्षा मुख्य सरोकार

तातोपानी नाका खुल्दै, चीनलाई सुरक्षा मुख्य सरोकार
अ अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ ।

आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गत असारमा आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो ।

त्यही सम्झौताका आधारमा अर्थ मन्त्रालयले कार्ययोजना बनाई विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ । चीनले नेपालसँग सुरक्षा प्रत्याभूति खोजेको छ । ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहे पनि नेपालका कतिपय स्थानमा चीनविरोधी गतिविधि भइरहेको चिनियाँ पक्षको बुझाइ छ ।

तातोपानी क्षेत्रमा भूकम्पबाट भत्किएका घरका भग्नावशेष हटाउँदा तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाका तस्बिर र पुस्तक भेटिएका थिए । त्यसपछि चीन त्यहाँको सुरक्षा अवस्थाबाट सशंकित हुँदै आएको छ ।

भौतिक पूर्वाधारलाई समस्या देखाए पनि सुरक्षा मुख्य सरोकार भएको जानकार बताउँछन् । द्विपक्षीय बैठकमा पनि चिनियाँ पक्षले सुरक्षाको विषयलाई महŒव दिँदै आएको छ । भूकम्पपछि त्यहाँका अधिकांश सरकारी कार्यालय विस्थापित भएका थिए । चीन सरकारले भौतिक पूर्वाधार र सुरक्षा अभाव देखाउँदै नाका खोल्न आनाकानी गर्दै आएको थियो ।

नाका क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने सिन्धुपाल्चोककी निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको भनाइ छ । ‘हामीले त्यस क्षेत्रमा सुरक्षा मजबुत बनाएका छौं’, प्रजिअ बन्जाडेले अन्नपूर्णसँग भनिन्, ‘अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ ।’

अर्थ मन्त्रालयले गृह, कृषि, सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रहरी, अध्यागमन, दूरसञ्चार कम्पनी, सिन्धुपाल्चोकस्थित प्रशासन र सडक विभागसँग समन्वय गरिरहेको छ । उसले यी निकायलाई छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्न ताकेता गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुनभित्र मितेरी पुलबाट लार्चासम्मको बाटोमा अनावश्यक संरचना हटाउन सडक विभागलाई निर्देशन दिएको छ । मन्त्री रघुवीर महासेठ केही समयअघि नाका क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

कार्ययोजनाअनुसार क्वारेन्टाइन, बैंक र अध्यागमन कार्यालय चैतभित्र स्थापना हुनुपर्नेछ । अध्यागमन विभागले पनि कार्यालय स्थापना गरी कर्मचारी पठाउने तयारी गरेको छ । अर्थले मालवस्तु जाँचपास, यात्रु जाँचपास र ढुवानी प्रक्रिया निर्धाण गर्न भन्सार विभागलाई निर्देशन दिएको छ ।

तातापानी भन्सार कार्यालयमा दरबन्दी अपुग छ । थप तीन जना भन्सार अधिकृत, १० नासु र ५ कार्यालय सहयोगी पठाइने भएको छ । नाकामा इन्टरनेट सुविधा पु¥याउन, चेकपोस्ट स्थापना, बन्दरगाहमा खटिने कर्मचारीका लागि आवासगृहको व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको कार्ययोजनामा उल्लेख छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।