८ पुष २०८२, मंगलवार
,
Latest
भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय संसद् भवनमा सुविधा सम्पन्न चमेनागृह



अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा सुविधा सम्पन्न चमेनागृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालयले छ महीनामा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । हाल यो भवन सङ्घीय संसद् सचिवालयलाई भाडामा दिइएको छ ।

करीब ९८३ वर्गमिटर क्षेत्रफल ओगट्ने चमेनागृहमा १८६ क्षमताको ‘डायनिङ हल’समेत निर्माण हुनेछ । मुस्लिम समुदायका लागि हलाल खानाको व्यवस्था भान्छाघरमा हुने प्रबन्ध मिलाइएको कार्यक्रममा जानकारी गराइयो । रु दुई करोड ७८ लाख लागतमा निर्माण हुन लागेको चमेनागृहको शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गर्नुभयो । उहाँले तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

छ महीनामा निर्माण सम्पन्न नभए निर्माण कम्पनी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कर्मचारीलाई कारवाही गर्ने मन्त्री राईको चेतावनी थियो । समयमै काम सक्नेलाई पुरस्कृत गरिने र काममा ढिलाइ गर्नेलाई कडा कारवाही गर्ने नीति सरकारले लिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले चेमनागृहलाई अपाङ्गमैत्री बनाउन आग्रह गर्दै प्राविधिक सहयोग आवश्यकता परे मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले छ महीनामा चमेनागृह निर्माण सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गर्दै निर्माणका क्रममा संरचनाको र सम्पन्न भएपछि खानाको गुणस्तरमा कमी आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।