८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमन्त्रीद्वारा राजीनामा



अ+ अ-

तेहरान । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि माग्नुभएको छ ।

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेख्नुभएको छ । उहाँले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरु र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

उहाँले अहिले किन राजीनामा दिनुभएको हो भन्ने बारेमा केही जानकारी दिइएको छैन । विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गर्नुभएको थियो ।