२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव



अ+ अ-

चिप्लेढुङ्गा । पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने भएको छ ।

पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना गरिने नाटकको सम्पूर्ण तयारी पूरा भएको महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका बेला विभिन्न झाँकीसहितको ¥याली निकालिने युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले बताउनुभयो।


औपचारिक कार्यक्रमपछि पोखरा थिएटरको पाँचाँै प्रस्तुतिको नाटक ‘निरमाया’ मञ्चन गरिनेछ । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा चल्नेछ । यसैगरी १६ गते ‘भारतको ब्ल्याक एण्ड ह्वाइट’, १७ गते ‘मेसेडोनियाको प्राइभेट कन्फेन्सन’, १८ गते नेपालको ‘कन्फेसन’, १९ गते नेपालकै ‘गैँडा टाइम्स’, २० गते भारतको ‘इन ट्रान्जिट’, २१ गते नेपालको ‘मेमोरी यार्ड’ र अन्तिम दिन २२ गते युथ क्रियशन थिएटर पोखराको ‘घेरो’ नाटक मञ्चन हुनेछ ।

महोत्सवमा मञ्चन हुने आठवटै नाटक हेर्न नाट्यप्रेमीले एक हजार शुल्क तिरेर महोत्सवको सदस्यता कार्ड लिन सक्ने आयोजकको भनाइ छ । नाटक मञ्चनका अलावा विभिन्न सत्रमा मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल पनि गरिने जनाइएको छ ।