• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

८४ किलो गाँजा बरामद



हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरी आज सार्वजनिक गरेको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टोलीले राक्सिराङ गाउँपालिका–६ स्थित जीतबहादुर स्याङ्तानको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८४ किलो ४०० ग्राम लागुऔषध गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जनाएको छ ।

स्याङ्तान हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।