२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गोल्डेन बुट’ दौड : मेस्सी एमबाप्पेभन्दा मात्रै ३ गोलले अगाडि



अ+ अ-

काठमाडौँ । सिजन २०१८/१९ को युरोपियन गोल्डेन बुट दौडमा स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी सबैभन्दा अगाडि छन् ।

यो सिजन मेस्सीले लिगामा २५ खेल सकिँदा २३ खेलमा २५ गोल गरेका छन् । उनले ११ गोलका लागि असिस्ट गरेका छन् ।

यता, फ्रेन्च लिग वान क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले मेस्सीलाई पछ्याइरहेका छन् । एमबाप्पेले लिग वानमा २५ खेल खेलिसक्दा २० खेलमा २२ गोल गरेका छन् । भने उनको ६ गोलका लागि असिस्ट रहेको छ ।

लिगमा अझै दुवै खेलाडीले १३–१३ खेल बाँकी रहँदा मेस्सी एमबाप्पेभन्दा मात्रै ३ गोलले अघि छन् ।

तेस्रो स्थानमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । उनले सिरी ‘ए’मा १९ गोल गरेका छन् । प्रिमियर लिग क्लब लिभरपुलका मोहमद सालाह १७ गोलका साथ चौथो स्थानमा छन् । एजेन्सी