• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको परकम्प



काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका केन्द्र बनाएर मंगलबार दिउँसो ४ दशमलम ४ रेक्टरको परकम्प गएको छ ।

त्यसको को पाँच मिनेटपछि सिन्धुपाल्चोकको बाह्रबिसे नजिक केन्द्र भएर ४ दशमलम १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार यो छुट्टै भूकम्प नभइ ०७२ सालमा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पको परकम्प हो।

गोरखा भूकम्पपछि अहिलेसम्म ५१५ पटकसम्म परकम्प गएको छ ।