• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश

नेपालको खोलामा भारतीयको दादागिरी, सरकार मौन



विराटनगर । मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् ।

छिमेकी भारतको बिहार प्रान्तको फूलकाही निवासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच्ची पुल बनाएर स्थानीयबासीबाट रकम लिने गरेका हुन् ।

सो कच्ची पुल भएर दैनिक २ हजारको हाराहारीमा सर्वसाधारण आउजाउ गर्ने गरेको उनीहरु बताउँछन् । स्थानीयबासीले कच्ची पुल तिरेबापत रामलाई वर्षेनी प्रति परिवार एक मनसम्म धान र गहुँ दिने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएका छ ।