८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरहरु सडकमा, बिरामीहरु मर्कामा



अ+ अ-

काठमाडौँ । देशभरका डाक्टरहरु सडक आन्दोलनमा उत्रिएका छन् ।डाक्टरहरुको आन्दोलनले बिरामीहरु मर्कामा परेका छन् ।

राजधानीका टिचिङ, वीर, कान्ति, ट्रमा सेन्टर र टेकुलगायतका अस्पतालहरुले कुन काम नगर्दा उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छ ।

सरकारले पास गरेको कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले अस्पतालका सबै सेवाहरु अबरुद्द पार्दा बिरामीहरु बिचल्लीमा परेका हुन् । यसअघि उनीहरुले धर्ना, र्यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ ।

सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । त्यसैले उपचार सस्तो हुने सरकारी अस्पतालहरुमा उपचार सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।

देशभर करिब १४ सय सरकारी डाक्टरहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेका छन् ।