८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई लाग्यो झट्का, यूसूफ अजहर जिवितै रहेको दाबी



अ+ अ-

v

भारतले हिजो पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणबाट जैस ए मोहम्मद संगठनको तालिम केन्द्र ध्वस्त पारेको भन्दै संगठन चलाईरहेका मुख्य मसूद अजहरका बहिनी ज्वाई मौलाना यूसूफ अजहरसहित अन्य कमाण्डरहरुको मृत्यु भएको भारतको दाबी थियो । भारतले पुलवा आक्रमणपछि पनि सो क्षेत्रमा जैस ए संगठनले भारतमा फेरी आक्रमण गर्ने योजना बनाई तालिम दिईरहेको भन्ने सूचना पाएपछि आक्रमण गरेको बताएको थियो ।

जुन आक्रमणमा ३ सय भन्दा बढि आतंककारीको ज्यान गएको भारतले दाबी गरेको थियो तर जैस ए मोहम्मद संगठनले मौलाना यूसूफ अजहर अझै पनि जिउँदै रहेको दाबी गरेको छ ।भारतले हवाई आक्रमण गरेको बेला उनी त्यहाँ नभएको उसले दाबी गरेको छ । त्यतीमात्र होईन भारतले आक्रमण गरेको बालाकोटमा कुनै पनि तालिम केन्द्र समेत नभएको र आफुहरुको कुनै कमाण्डर पनि नमरेको दाबी गरेको छ । मौलाना यूसूफ अजहर अहिले कहाँ छन् भन्ने यकिन छैन तर उनी सुरक्षित स्थानमा रहेको संगठनले दाबी गरेको छ ।

मौलाना यूसूफ अजहर पञ्जाब प्रान्तका नागरिक हुन् । उनको वास्तविक नाम मौलाना यूसूफ अजहरे होईन र उनको वास्तविक नाम के हो भन्ने बारेमा अझै थाहा हुन सकेको छैन । उनी संगठनको निकै सक्रिय सदस्य समेत हुन । जसको मृत्यु भएको दाबी भारतले गरेको थियो । मौलाना यूसूफ अजहरेको मृत्यु भएको दाबी गर्दे भारतले आफनो ठुलो उपलब्धी बताएको थियो । जसलाई संगठनले भारतको प्रोपग्राण्डा मात्र भएको उल्लेख गरेको छ । एजेन्सी