२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले ‘गलत कुरा गरेको छैन’: अध्यक्ष कोअ पिङ



अ+ अ-

बार्सिलोना । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताउनुभएको छ ।

साइबर सुरक्षाबारे छलफलका लागि गरिएको बहसमा उहाँले भन्नुभयो, “हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएकोे छ ।” साइबर सुरक्षाबारे अमेरिका लगाएतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रबिधिको सञ्जाल निर्माणमा आशङ्का व्यक्त गरेर पश्चिमी मुलुकहरूमा अफबाह फैलाएको भन्ने चिनियाँ अधिकारीहरूले दावी गर्दै आएका छन् ।

फाइभ–जी तथा अत्यधिक–उच्च गतिको सम्पर्क क्षमता राख्ने हुवावेका प्रबिधिका कारण इन्टरनेट, डिजिटल अर्थतन्त्र, आधुनिक कारमा यसको प्रयोगका लागि कतिपय मुलुकहरूले उत्सुकता देखाइरहेका समय आएका साइबर सुरक्षाबारेका चेतावनीका कारण हुवावेका फाइभ–जी सेवा जोड्न आनाकानी भइरहेको छ ।

एमडब्लुसी २०१९ मा बोल्नुहुँदै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा उहाँले भन्नुभयो, “हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । संगठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ ।”

“हामीले गर्वसाथ भन्न सक्छौँ कि फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित छ । हुवावेले अमेरिकी सरकारले भनेजस्ता कुनै बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको उल्लङ्घन पनि नगरेको र कुनै जासुसी कार्यमा पनि सम्लग्न नभएको उहाँले बताउनुभयो । एउटा कम्पनी भएको नाताले उसले व्यवसायिक मुल्यमान्यतालाई सधँ आत्मसात गर्ने उहाँको दावी थियो ।




भर्खरै