८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स दुर्घटना : बिरामीको मृत्यु, दुई घाइते



अ+ अ-

भरतपुर । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीद चोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नं.को म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी उच्चरक्तचापका बिरामी थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रविनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्सको तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।