• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश

नेपालमा पनि भारतकै दादागिरी, पुल तर्न नदिँदा स्थानीय ट्युवकै सहारामा नदी वारपार गर्दै



दार्चुला । सरकारको तुईन विस्थापन कार्यक्रमअन्तर्गत महाकाली नदिमा निर्माण गरिएको झोलुंगे पुलकोे प्रयोगमा भारतले रोक लगाएको छ । दार्चुलाको लेकम गाउँपालिका–३ स्थित लालीमा छिरबिला र भारतको डौडा जोड्ने गरि बनेको उक्त पुललाई भारतले अनुमति नदिँदा स्थानीय बासीहरुले पुलकोे प्रयोगबाट बञ्चीत भएका हुन् ।

तीन महिना पहिले निर्माण सम्पन्न भएको झोलुंगे पुलमा आवागमन हुन सक्ने निष्कर्ष निकाले पनि स्थानीय अझै ट्युवकै सहारामा नदी वारपार गर्दै आएका छन् ।

भारतीय पक्षल पठाएको सस्पेन्स ब्रीज डिभिजनबाट आएको प्राविधिक टोलीले पुल सञ्चालन गर्न सकिने जनाए पनि भारतीय पक्षको अनुमति नहुदाँ हालसम्म पुल सञ्चाल नभएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिखित र इमेलमार्फत भारतीय पक्षलाई ३÷४ पटक पत्राचार गर्दा पनि कुनै प्रतिक्रिया नदिएपछि पुल सञ्चालन गर्न नसकिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह भारतीय पक्षले नमानेपछि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले प्रदेश सभा र प्रतिनिधिसभा सदस्यलाई पुलको बिषयमा जानकारी गराइएको बताए ।

२०७३ असोज ४ गतेबाट निर्माण सुरु भएको उक्त झोलुंगे पुल एक करोड ३२ लाख रुपैयाँको लागतमा मनोमालिका कन्सट्रक्शनले निर्माण गरेको हो ।