८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्राफिक एप्स’को मद्दतले सार्वजनिक बस कारवाहीमा



अ+ अ-

राँझा । लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारवाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लामो दूरीमा दुई सवारी चालक नराख्ने सार्वजनिक यातायातलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले गत माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन (बस)मा दुई सवारी चालक राखे÷नराखेको जानकारी लिन चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।

उहाँका अनुसार, लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाइएको छ ।