८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति अमेरिका जादैँ, भण्डारीको सुरक्षा व्यवस्था मिलाउन स्वकीय सचिव दुई सातादेखि अमेरिकामै



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनमा नेपालबाट राष्ट्रपति विध्यादेवी भण्डारी जाने भएकी छिन् । कमिसन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन भण्डारी न्युयोर्क जाने तय भएकोे राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

राष्ट्रपतिको सुरक्षको चाजोपाजो मिलाउ हाल प्रमुख स्वकीय सचिव भेषराज अधिकारी दुई सातादेखि अमेरिकामै रहेको पनि राष्ट्रपतिको कार्यलयले जनाएको छ । मार्च ११ देखि २२ सम्म न्युयोर्कमा हुने ६३ औं सेसनमा सहभागी हुन राष्ट्रपति भण्डारी फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले पुष्टि गरे । अन्य कार्यक्रम भने परराष्ट्र मन्त्रालयले तय गर्ने उनले बताए ।

राष्ट्रपतिसँग महिला वालवालिका तथा जेष्ठ नागरिक सम्बन्धी मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की लगायत भ्रमण दलमा सामेल हुनेछन् ।

सीडब्लुएसको ६३ औं सेसनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने राष्ट्रपतिको कार्यलयको स्रोतले जनाएको छ ।