१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानलाई संयम अपनाउन पोम्पेओको आग्रह



अ+ अ-

वासिङ्टन । भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गर्नुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गर्नु भएको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहनु भएका पोम्पेओले भारतीय विदेशमन्त्री शुस्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग कुराकानी गर्नुभएको छ ।

जारी तनावलाई बढावा नदिई संयम अपनाउन संयुक्तराज्य अमेरिकाले सधैँ प्रयास जारी राख्ने पोम्पेओले बताउनु भएको छ । प्रत्यक्ष वार्ताका लागि दुबै मन्त्रीलाई अनुरोध गरेको र थप सैन्य कारबाही रोक्न अमेरिकी उच्च कुटनीतिज्ञले आग्रह गर्नु भएको छ ।

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ ।

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।