२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले आफ्नो बिमान खसाएको भारतद्धारा स्वीकार



अ+ अ-

काठमाडौँ । भारतले आफ्नो लडाकु विमानमा पाकिस्तानी वायू सेनाले खसाएक स्वीकारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पत्रकार सम्मेलन गरेर पाकिस्तानको दावी सहि भएको स्वीकार गरेको हो ।

कुमारका अनुसार भारतको एयरस्ट्राइकको जवाफमा पाकिस्तानले एक्सन झारेको बताए । उनले उक्त पत्रकार सम्मेलनमा आफ्नो सेनाले पनि पाकिस्तानको लडाकु बिमान खसाएको दावी गरे ।

रवीश कुमारले भने, ‘पाकिस्तानको कारवाहीमा भारतको एउटा मिग विमान ध्वस्त भयो र हाम्रो एक पाइलट बेपत्ता छन् ।’

यसअघि पाकिस्तानले दुईवटा भारतीय बिमानलाई खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको बताएको थियो । पाकिस्तानी सेनाले एउटा ४६ सेकेन्डको भिडियो पनि सार्वजनिक गरेको छ ।