२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अधिकारीका बुबाआमालाई भावबिवल अबस्थामा काठमाडौँ ल्याइयो



अ+ अ-

काठमाडौँ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौँ ल्याइएको छ । मन्त्री अधिकारीको मृत्यु भएको पुष्टि भएसँगै आमा लक्ष्मी र बुबा इन्द्र अधिकारीलाई केहीसमय अघि काठमाडौँ ल्याइएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको बताएका छन् । उनका अनुसार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तिवारीका अनुसार हेलिकोप्टर उडेको बारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् ।

त्यसको लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए । उनका अनुसार हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए ।

यस्तै,विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा, स्वकीय सचिव युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र नागरीक उड्यन प्राधिकरणका निर्देशक घुर्व भोछिभोया सवार रहेका थिए।

सातै जनाको मृत भेटिएको र शव संकलनको काम सकिएको उनले जानकारी दिए ।