८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्धकार रातमा आगो बालेर शव सङ्कलन गरिदै



अ+ अ-

ताप्लेजुङ । “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भन्नुभयो ।

घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुग्नुभएको थियो । कतै डोरी राखेर झुन्डिदै पुग्नुभएका प्रहरी नायब उपरीक्षकसँग प्रजिअ अनुज भण्डारी हुनुहुन्थ्यो । भण्डारी साँझ सदरमुकाम फर्किए पनि अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसिरहेका छन् ।

बिहानैदेखि ताप्लेजुङको मौसम प्रतिकुल बनेको छ । मध्याह्नदेखि पाथीभरा क्षेत्रमा हुरीबताससहित हिमपात भएको थियो । अहिले पनि हिमपात भइरहेको निरीक्षक थापाले बताउनुभयो । नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ । थापाले भन्नुभयो, “गर्दागर्दै रात पनि पर्यो मौसम प्रतिकुल भएपछि अरू शव हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन शव रुँघेर बसेका छौँ, बिहान पुनः हेलिकप्टरबाट लैजाने तयारी भएको छ ।” हेलिकप्टरमा बास्केट राखेर शवहरू सुकेटारमा ल्याइएको हो । बिहीबार सबै शव सङ्कलन गरिसकेपछि काठमाडाँै लगिने बताइएको छ ।