२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्श्वेलको शतकको मद्दतले भारतविरुद्धको सिरिज अस्ट्रेलियाले जित्यो



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको दुई खेलको टी–२० क्रिकेट सिरिजको श्रृंखला जितेको छ ।

बुधबार राति भएको खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सिरिज २–० ले जितेको हो । १९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले १९.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

अस्ट्रेलियालाई जिताउन ग्लेन म्याक्श्वेलले विष्फोटक ब्याटिङ गरे । उनले ५५ बलमा ११३ रन बनाउँदै शतक पूरा गरेका थिए । उनले ९ छक्का र सात चौका प्रहार गरेका थिए । म्याक्श्वेलको यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक पनि हो । म्याथ्यु शर्टले ४० तथा पिटर ह्यान्ड्सकोम्पले अविजीत २० रन बनाए ।

बलिङतर्फ भारतका विजय शंकरले दुई र सिद्धार्थ काउलले एक विकेट लिए ।

बंग्लोरमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा चार विकेटको क्षतिमा १९० रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित ७२ रन बनाएका थिए । त्यस्तै, लोकेश राहुलले ४७ र महेन्द्रसिंह धोनीले ४० रन बनाएका थिए ।