२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्श्वेलको शतकको मद्दतले भारतविरुद्धको सिरिज अस्ट्रेलियाले जित्यो



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको दुई खेलको टी–२० क्रिकेट सिरिजको श्रृंखला जितेको छ ।

बुधबार राति भएको खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सिरिज २–० ले जितेको हो । १९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले १९.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

अस्ट्रेलियालाई जिताउन ग्लेन म्याक्श्वेलले विष्फोटक ब्याटिङ गरे । उनले ५५ बलमा ११३ रन बनाउँदै शतक पूरा गरेका थिए । उनले ९ छक्का र सात चौका प्रहार गरेका थिए । म्याक्श्वेलको यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक पनि हो । म्याथ्यु शर्टले ४० तथा पिटर ह्यान्ड्सकोम्पले अविजीत २० रन बनाए ।

बलिङतर्फ भारतका विजय शंकरले दुई र सिद्धार्थ काउलले एक विकेट लिए ।

बंग्लोरमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा चार विकेटको क्षतिमा १९० रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित ७२ रन बनाएका थिए । त्यस्तै, लोकेश राहुलले ४७ र महेन्द्रसिंह धोनीले ४० रन बनाएका थिए ।




भर्खरै