१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमजोर मड्रिडमाथि बार्सिलोनाको सहज जित, स्वारेज बने नायक



अ+ अ-

काठमाडौँ । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई ३–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाले रियलमाथि समग्रमा ४–१ गोलको जित निकाल्ने क्रममा लुइस स्वारेज नायक बने । स्वारेजले दुई गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

६९ औं मिनेटमा राफयल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले दोब्बर अग्रता बनाएको थियो । ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट अर्को गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाएका हुन् ।