२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : लिभरपुल र सिटीको जित



अ+ अ-

काठमाडौँ । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र भिर्गिल भान डिज्कले समान २–२ गोल गर्दा डिभोक ओरिगीले एक गोल गरे ।

नवौं मिनेटमा नै मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा मानेले अर्को गोल गर्दै २–० गोलको अग्रता दिलाए । ६६ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले ३–० गोलको अग्रता बनाएको थियो ।

एक पछि अर्को गोल गर्ने क्रममा ७९ औं र ८२औं मिनेटमा डिज्कले गोल गर्दै लिभरपुललाई ५–० गोलको जित दिलाए ।

शीर्ष स्थानमा रहेका लिभरपुलले जितसँगै २८ खेलबाट ६९ अंक बनाएको छ । पराजित वाटफोर्डको २८ खेलबाट ४० अंक छ ।

त्यस्तै अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले वेष्टह्यामलाई १–० गोलको जित हात पारेको हो । सिटीको जितमा सर्जियो अग्युरोले गोल गरे । उनकै निर्णायक गोलमा सिटी जित हात पारेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले खेलको ५९ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टीबाट अग्युरोले गोल गरे ।

त्यस्तै, आजै भएको अर्को खेलमा आर्सनलले बर्नेमाउथलाई ५–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा भने चेल्सीले टोटनह्यामलाई २–० गोलअन्तरले पराजित गर्न सफल भयो । क्रिस्टल प्यालेसमाथि म्यान्चेस्टर युनाइटेडले ३–१ गोलअन्तरले पराजित गर्दा अर्को खेलमा साउथह्याम्पटनले फुलह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

सिटीले जितसँगै २८ खेलबाट ६८ अंक बनाएको छ । पराजित वेष्टह्यामको भने ३६ अंकछ । लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको भने २८ खेलबाट ६० अंक हुदा चौथो स्थानमा रहेको आर्सनलको ५६ अंक छ । यता पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको २८ खेलबाट ५५ अंक हुदा छैटौ स्थानमा रहेको चेल्सीको ५३ अंक छ ।