१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकेटार विमानस्थलमा बाक्लो हिमपात, मन्त्री अधिकारीसहित सात जनाको शव काठमाडौँ लैजान सकिएन



अ+ अ-

ताप्लेजुङ । सुकेटार विमानस्थलमा बाक्लो हिमपात कारण मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौँ लैजान सकिएको छैन् । बुधवार नै दुर्घटना ज्यान गुमाएकाहरु मध्य चार जनाको शव संकलन गरिएको थियो । बाँकी तीनको भने आज शव संकलन गरिएको हो ।

शव लैजानको लागि नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर बुधवार नै ताप्लेजुङ आइपुगेको थियो । सेनाले सातै जनाको शव संकलन गरेर बिहीवार बिहान नै घटनास्थल तारेभीर क्षेत्रबाट सुकेटार विमानस्थलमा ल्याएपनि काठमाडौँ लैजान सकिएको छैन् ।

गृहमन्त्रालयका अनुसार ,विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा, स्वकीय सचिव युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र नागरीक उड्यन प्राधिकरणका निर्देशक घुर्व भोछिभोया सवार रहेका थिए। विमानमा सवार सातजनाको निधन भएको थियो। दुर्घटनामा परेपछि जलेकामध्ये दुईजनाको मात्रै शव चिनिने अवस्थामा छ ।

खराब मौसम र भिरमा भएको दुर्घटनाका कारण तीनजनाको शव बिहीबार बिहान मात्रै सुकेटार विमानस्थलमा ल्याउन सकिएको थियो।

सातैजनाको शव राखिएको सुकेटार विमानस्थलमा अहिले हिमपात भइरहेको छ । पानी र हिमपातका कारण शव काठमाडौँ लैजाने हेलिकोप्टर उड्न नसकेको हो ।