८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेहरुको शव काठमाडौँ लगियो, श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने



अ+ अ-

ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौँ पठाइएको छ । बाक्लो हिमपातका बाबजुद सबैको शव काठमाडौँ पठाइएको हो ।

बुधबार दिउँसैदेखि पानी परेर मौसम खराब भएपछि शव ल्याउन नसक्दा बिहीबार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो।

शव काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा, स्वकीय सचिव युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र नागरीक उड्यन प्राधिकरणका निर्देशक घुर्व भोछिभोयाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ।

मन्त्री अधिकारीको शव भने गृहजिल्ला कास्की लगिने छ।