१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीका लागि ६ देशसँग श्रम सम्झौताको तयारी, शून्य लागतमै कामदार पठाइने



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ६ देशसँग श्रम सम्झौताको तयारी गरेको छ । सरकारले श्रम सम्झौता गर्दा गन्तव्यमा पुग्न लाग्ने लागत, पारिश्रमिक र सामाजिक सुरक्षालाई केन्द्रबिन्दुमा राखेर सम्झौता गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेका अनुसार मौरिसस, यूएई, ओमन, साउदी अरब, जापान, कतारलगायतसँग श्रम सम्झौताको तयारी अघि बढेको छ । ‘ ‘केही देशसँग सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने केहीसँग छलफल सुरु भएको छ, अब छिटैनै अन्तिम रुप दिनेगरी हामी कार्य गर्दैछौ ।’

घिमिरेका अनुसार जापानसँग मार्च महिनाभित्रै सम्झौता गर्ने तयारी छ । अब कमदार पठाउदा शून्य लागतमै कामदार पठाउने गरी श्रम सम्झौता गर्न लागिएको छ ।

श्रम सम्झौताका लागि सरकारले मौरिससमा मस्यौदा पठाएको छ । मौरिसस गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशमा पर्छ । अस्पताल, उद्योगलगायत क्षेत्रमा नेपाली कामदार लैजान मौरिसस इच्छुक देखिन्छ ।सम्झौता भएका दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि सीमितमात्रै कामदार जान सकेका छन् । दक्षिण कोरियामा द्विपक्षीय सम्झौतामार्फत वार्षिक सात हजार कामदार कोरिया पुग्ने गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी युवा विदेशमा छन् ।