८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट किशोरीको मृत्यु



अ+ अ-

चितवन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन् ।

कालिका नगरपालिका–८ शक्तिखोरबाट तनहुँका लागि जन्ती लिएर हिँडेको ग १ ख २६७ नम्बरको बसले जुटपानीमा ना ५८ प ६३८५ नम्बरको मोटरसाइकललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक र सवार दुवै घाइते भई उपचारका क्रममा पुरानो मेडिकल कलेजमा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–९ बस्ने ४९ वर्षीय चन्द्रबहादुर भट्टको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।