२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिफोन सेवा अवरुद्ध



अ+ अ-

प्युठान । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पु¥याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टावरमा क्षति हुँदा टेलिफोन सेवाग्राही करीब दुई हप्तादेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

चट्याङले टावरमा क्षति पु¥याएकाले अझै करीब दुई हप्ता मर्मतसुधार गर्न लाग्ने दूरसञ्चार कार्यालयका प्रमुख कृष्ण श्रेष्ठले बताउनुभयो । घटना पछि नेपालगञ्जस्थित दूरसञ्चार कार्यालयबाट प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण सङ्कलन गरेकोे र टावरका उपकरण मर्मत भइरहेको उहाँले बताउनुभयो । दुई हप्तादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासीका साथै वैदेशिक रोजगारीमा गएकाहरु आफन्तजन र घरपरिवारसँग सञ्चार सञ्चार सम्पर्क गर्न पाएका छैनन ।