१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण तेस्रो आयोजनाका मजदूरको मृत्यु



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा निर्मार्णाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदूरको मृत्यु भएको छ । 

चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर भारतीय मजदूर सिंह घाइते भएका थिए ।

उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । सुरुङभित्र काम गर्न मजदूरलाई जोखिम छ । आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदूरको गुनासो छ । 

आयोजनास्थलमा अस्पताल अभाव  

अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा अस्पताल नहुँदा मजदूरलाई समस्या भएको छ । हाल उक्त आयोजनामा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदूर कार्यरत छन् । काम गर्दा चोटपकट लागे वा बिरामी भए मजदूरलाई टाढाको अस्पताल लैजानुपर्ने बाध्यता छ । समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरुको माग छ । (रासस)