२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरुले पोष्टमार्टममा यस्तो खुलासा गरेपछि श्रद्धाञ्जली सभा स्थगित



अ+ अ-

काठमाडौं । हिजो बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव पोष्टमार्टममा समय लाग्ने भएको छ । शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको हो।

शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएको छ। शवको डिएनएका लागि केन्द्रीय प्रहरी प्रयोगशालाको समूहले काम गरिरहेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शव परीक्षणपछि सातै जनालाई श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने जानकारी दिएका थिए।

यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।