२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनापछि यातायात मन्त्रीले दिए एकाएक राजीनामा, यस्तो छ कारण



अ+ अ-

काठमाडौँ । दुर्घटना भएपछी यातायात मन्त्रीले एकाएक राजीनामा दिएको समाचार सार्वजनिक भएको । दुर्घटनापछि आगलागी हुँदा ठुलो मानवीय क्षति भएपछी मन्त्रीले राजीनामा दिएको जनाइएको छ । कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।यो इजिप्टको खबर हो ।

राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ। रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागी पछि विस्फोट भएको थियो । दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिनुभएको त्यहाँको मन्त्रिपरिषद्ले जनाएको छ ।

“यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिएको छ भने प्रधानमन्त्रीले उहाँको राजीनामा स्वीकृत गरेको छ,” मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच भारत पाकिस्तान तनावले यतिबेला विश्वको ध्यान केन्द्रीत गरेको छ । परमाणु शक्ति सम्पन्न दुई मुलुकबीच बढ्दै गएको तनावले क्षेत्रीय शान्ति खल्बलिने चिन्ता बढाएको हो ।दुवै देश यतिबेला आरोप–प्रत्यारोपमा जुटेका छन् । आ–आफ्नै दलिलका साथ उनीहरु आफ्नो कारवाहीलाई जायज र अर्को मुलुकले गरेको कारवाहीलाई नाजायज बताइरहेका छन् ।

भारतले पुलवामामा भएको आतंकवादी हमलामा संलग्न उग्रवादी समूहलाई लक्षित गरी पाकिस्तानको बालाकोटमा आफूले हवाई हमला गरेको तर्क गरिरहँदा पाकिस्तानले भने बालकोट हमलालाई आफ्नो सम्प्रभुतामाथिको आक्रमण भनेको छ । त्यसैको जवाफस्वरुप भन्दै पाकिस्तानले बुधबार दुईवटा भारतीय लडाकु विमानलाई आफूले निशाना बनाएको दावी गरेको छ ।

दुवै मुलुकले आफूतर्फ भएको क्षतिलाई पारदर्शी रुपमा उजागर गरेका छैनन् । अर्को पक्षलाई मनोवैज्ञानिक रुपमा कमजोर तुल्याउनका लागि आफूले गरेको कारवाहीको बयान गर्ने र आफ्नो तर्फ भएको क्षतिलाई लुकाउने रणनीतिका साथ दुवै मुलुक अहिले ‘प्रोपोगाण्डा’ चलाइरहेका छन् ।

विश्लेषकहरुका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पाकिस्तानी कारवाही हुनु अघिसम्म पनि बालाकोटमा भारतीय वायुसेनाले गरेको कारवाहीलाई ‘चुनाव प्रचार’ को एउटा उत्कृष्ट विषयका रुपमा लिएका थिए । सो कारवाहीपछि भारतका विपक्षी राजनीतिक दलले समेत सेनाको प्रशंसा गरेका थिए । कारवाहीको पक्षमा राजनीतिक दलहरु एकजुट देखिएका थिए ।

बुधबार बिहान, एक्कासी पाकिस्तानी लडाकु विमानले भारतीय लडाकु विमानमाथि कारवाही गर्दै दुईवटा विमान खसालेको दावी पाकिस्तानी पक्षबाट भयो । भारतले उक्त घटनालाई सुरुमा स्वीकार गरेको थिएन । उसले आफ्नो एक लडाकु विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको जिकिर गरिरहेको थियो, जसमा दुई पाइलटको मृत्यु भएको बताइयो ।

तर, केही बेरपछि पाकिस्तानले भारतीय वायुसेनाका एक क्याप्टेन आफ्नो नियन्त्रणमा रहेको भन्दै भिडियो सार्वजनिक गरेपछि भने भारतले पाकिस्तानी कारवाहीको वास्तविकता लुकाउन सकेन ।

यतिबेला भारतमा जेनेभा सन्धीअन्तर्गत पाकिस्तानले भारतीय वायुसेनाका क्याप्टेनलाई रिहा गर्नुपर्ने माग उठिरहेको छ । भारतका विपक्षी दलहरु समेत भारतीय क्याप्टेनलाई सकुशल फिर्ता ल्याउन सरकारलाई दबाब दिइरहेका छन् ।

मोदी नेतृत्वको सरकारले भारतीय क्याप्टेनलाई फिर्ता ल्याउन नसकेमा आसन्न निर्वाचनमा विपक्षीहरुले आलोचनाका लागि यही विषयलाई जोडदार रुपमा उठाउने निश्चितजस्तै छ । निर्वाचनमा लोकप्रियता बढाउने विषयका रुपमा बालाकोट आक्रमणलाई प्रयोग गर्न खोजेका मोदीका लागि उनको सोही निर्णय कतै आत्मघाती हुने त होइन भन्ने आशंका बढ्न थालेको छ । बालाकोट हमलापछि नै पाकिस्तानले भारतीय वायुसेनाको विमानमाथि हमला गरेको थियो ।

भारतले बालाकोट हमलामा तीन सयभन्दा बढी लडाकु मारिएको दावी गरिरहँदा पाकिस्तानले भारतीय दावी ‘झुटो’ रहेको र हमला गरिएको क्षेत्र जंगलमात्र रहेको जनाएको छ । भारतीय वायुसेनाका क्याप्टेनसमेत पाकिस्तानको नियन्त्रणमा रहेको तथा भारतीय लडाकु विमानको भग्नावशेषसमेत फेला परेको अवस्थामा पाकिस्तानले गरेको कारवाहीबाट भारतले व्यहोरेको क्षति भने जगजाहेर भइसकेको छ । यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच बढ्दै गएको तनावलाई कसरी निकास दिने हुन् भन्नेमा अहिले सर्वत्र चासो प्रकट गरिएको छ ।

स्मरणीय छ, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ताका लागि आह्वान गर्दै आफ्नो मुलुकले गरेको कारवाही ‘बाध्यात्मक’ रहेको बताएका छन् । उनले युद्धको परिणाम कसैले आँकलन गर्न नसक्ने भन्दै शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न आफू तत्पर रहेको समेत प्रष्ट पारेका छन् ।