२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, उपाधिका लागि पावर हाउस बार्सिलोनाको सामना गर्ने



अ+ अ-

काठमाडौँ । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको दोस्रो लेगमा रियल बेटिसलाई १–० गोलले हराउँदै भ्यालेन्सियाले फाइनलमा स्थान बनाएको हो । भ्यालेन्सिया समग्रमा ३–२ गोलले विजयी भयो । यसअघिको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

भ्यालेन्सियाको जितमा रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । अब उपाधिका लागि भ्यालेन्सियाले स्पेनिस पावर हाउस बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार रियल म्याड्रिडलाई समग्रमा ४–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको छ । बार्सिलोना लगातार पाँचौं पटक यस उपाधि चुम्ने अभियानमा छ ।

कोपा डेल रेको फाइनल भिडन्त आगामी मे २५ तारिख हुनेछ ।