१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहालवाला सह–सचिवले शक्तिको आडमा ज्यान मार्न खोजेको भन्दै ढकाल परिवार रुँदै मिडियामा आए



अ+ अ-


काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखे । बिनाकारण सह–सचिव लामिछाने आफुलाई ज्यान मार्ने योजना बनाएको पनि ढकालले आरोप लगाए । उनले भने,‘आज म बाध्य भएर राज्यसंग बाँच्न पाँउने अधिकारको माग गर्न पत्रकारहरुसामू उपस्थित् भएको छु ।’

गत माघ १ गते बेलुका आफ्ना नातिले घर अगाडि मोटरसाईकल धोईरहेको बेला बिधवा बुहारी र नातीलाई आफ्नो मोटर साईकल हटाउन जवरजस्ती गर्दे नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयका बहालवाला कर्मचारी लामिछानेले आफूमाथि भौतिक आक्रमण गरेको ढकालले रुँदै सुनाए ।

उनकाअनुसार मरणासन्न हुनेगरि कुटपिट गरेपश्चात् रुद्रप्रसादकै निजकै चालकले सरकारी गाडीमा हालेर शिक्षण अस्पताल पुर्याएर छोडेको पनि उनले जनाए । शिक्षण अस्पतालमा राम्रो उपचार सेवा नपाएपछि परिवारले उनलाई राती नै धापासीस्थित् ग्रान्डी अस्पताल लगेकोर ज्यान बचाएो पनि उनले सुनाए ।

चार दिन अस्पताल बसाईको क्रममा ४७ हजार ९ सय ३० रुपैयाँ २२ पैसा उपचार खर्च बिल तिर्नुपरेको पनि उनले जनाए । उनले भने,‘मैले आफ्नो माहिलो छोरा नियोजित रुपमा नै गुमाएको हुँ । मेरी बिधवा बुहारीलाई मुख छोडेर गालिगलौच गदै परिवारलाई नै निज सहसचिव लामिछानेले ज्यान मार्ने धम्की दिएको छ, सरकारले तुरुन्त मेरो परिवारको बाँच्न पाँउने अधिकारको सुनिश्चितता गरोस ।’

ब्राह्मण पेशा गरेर परिवार चलाउँदै आएको बताउँदै उनले आफुले उक्त घट्नासम्बन्धि प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन जाँदासमेत नगरपालिकामा जानुहोस् भन्दै दर्ता गर्न नमानेको आरोप लगाए । उनले नगरपालिकाले प्रहरी र प्रहरीले कहिले नगरपालिका त कहिले वडा कार्यालयमा गएर दर्ता गनुहोस् भन्दै पन्छिने गरेको दुःखेसो पोखे ।

राज्यबाट पाउनुपर्ने न्यायको आशा मरिसकेकोले आफुलाई देश निकाला गरिदिए नै बेश हुन्छ भन्दै राज्यलाई आग्रह गरे । उनले भने,‘बरु, देश निकाला गरिदिए हामी कहीँ गएर मर्न हुन्थ्यो, तर यस्तो अन्याय सहेर बाँच्न मन छैन् ।’
त्यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले पीडक रुद्रप्रसाद लामिछानेले पद तथा शक्तिको दुरुपयोग गर्दे सर्वसाधरणमाथि ज्यादती गरेको भन्दै आक्रोश पोखे ।

उनले भने,‘निज लामिछानेले पीडित परिवारलाई ज्यानमार्ने योजना बनाईरहेको हाम्रो ठम्याई हो, उनलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।’ त्यस्तै राज्यले पीडित ढकाल परिवारको सुरक्षाको ग्यारेण्टी लिनुपर्ने पनि उनले माग गरे । पीडित ढकालको जमिनमा जबरजस्ती एक कोठाको भवन, एउटा शौचालय तथा मोटर बाटो निकालेर उल्टै ज्यान मार्ने योजना बनाएको उनले खुलासा गरे । घट्नाबारे जानकारी गराउँदै अधिवक्ता पौडेलले राज्यबाट पाँउनुपर्ने न्यायको अहिले अपहेलना भएको कडा प्रतिक्रिया दिए ।

उनले शक्तिको आडमा बसेर लामिछानेले मनमौजी गरिरहेको पनि आरोप लगाए । उनले भने,‘निज पीडककलाई कुटपिट तथा ज्यानमार्ने उद्योगअनुसार कारबाही गर्नुपर्छ , तर पीडित परिवारले पटक–पटक निवेदन दिँदा समेत प्रहरी प्रशासनले कुनै सहयोग गरेको पाईएन् ।’ अधिवक्ता पौडेलले पीडित परिवारलाई आगामी एक हप्ताभित्र राज्यले न्याय नदिए उनीहरुको लागि आफूले काठमाडौंको टुँडिखेलमा आत्मदह गर्नेसम्म घोषणा गरे । अधिवक्ता पौडेलले ढकाल परिवारमाथि ज्यादती गर्ने नेपाल सरकारका सह–सचिव लामिछानेको सम्पत्तिसमेत छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

अधिवक्ता पौडेलले निज पीडक लामिछानेले शक्तिको प्रदर्शनी गरेको पनि आरोप लगाए । उनले भने,‘लामिछानेले पीडित परिवारलाई मेरो जेठान प्रहरीको महानिरीक्षक हुनुहुन्छ, अर्को जेठान विशेष अदालतमा प्रमुख हुनुहुन्छ भनेर धम्काउने गरेका छन्, तिमीहरुले मलाई केहीपनि गर्न सक्दैनौं भनेर पटक पटक धम्काईरहेका छन् ।’
त्यस्तै कार्यक्रममा बोल्दै पीडित क्षेत्रप्रसाद लामिछानेकी श्रीमती चिनीमैयाँ ढकालले आफ्नो परिवारका सदस्यरुको ज्यान तल माथि भए त्यसको सम्पूर्ण जिम्मेवारी नीज रुद्रप्रसाद लामिछानेले लिनुपर्ने बताईन् ।