२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन तीन नेता पोखरा जाने, अब केहीबेरमा लगिने



अ+ अ-

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले तीन जना मन्त्री तथा नेतालाई खटाउने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि पोखरा पठाउने भएको छ ।

रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् ।

मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । अब केहीबेरमा पोखरा लगिनेछ ।