२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइने, अरु छ जनालाई के सम्मान गरिने त?



अ+ अ-

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइने भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार अधिकारीको रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउने भएका हुन् । यता नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने पार्टीको झण्डा ओढाउनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै नेतालाई अधिकारीको शव सहित पोखरा पठाउन लागेको हो ।

मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । अब केहीबेरमा पोखरा लगिनेछ ।