२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ ।

बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा शुरु हुँदैछ ।

पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो । त्यसपछि दुबै समूहको शीर्ष दुई स्थानमा रहँदै सातदोबाटो युथ क्लब, श्री भगवती युथ क्लब, टुसाल युथ क्लब र आरसिटी क्लब अन्तिम चरणमा पुग्न सफल भएका थिए ।

अन्तिम चरणमा चार क्लबबीच कूल छ खेल हुनेछ । पहिलो दिन आज सातदोबाटो युथ क्लब र श्री भगवती युथ क्लब तथा दोस्रो खेल टुसाल युथ क्लब र आरसिटी क्लब खेल हुनेछ ।

यस्तै फागुन १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो र आरसिटीबीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुनेछ ।

छ खेलपछि सबैभन्दा धेरै अङ्क जोड्ने क्लब च्याम्पियन हुनेछ । गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए ।

लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो ।

‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बी’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो ।




भर्खरै