२७ जेष्ठ २०८३, बुधबार
,
Latest
कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा



अ+ अ-

पोखरा । ताप्लेजुङमा बुधवार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि पोखरामा तयारी पुरा भएको छ । अधिकारीको पार्थिव शरीर पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ । ।

अधिकारीको पार्थिव शरीरलाई रामघाट स्थित सेती नदी किनारमा अन्त्यष्टि गर्नुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउनेछन् भने नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने पार्टीको झण्डा ओढाउनेछन् ।

देशकै निम्ति अझै धेरै योगदान गर्न बाँकी रहेका बेलामा अधिकारकिो निधनले पोखरा र सिंगो देशलाई समेत अपुरणीय क्षति पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा आएका छन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।




भर्खरै