२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेता भरतमोहन अधिकारी अचेत, छोरीहरुलाई काठमाडौँ झिकाइयो



अ+ अ-

काठमाडौँ । कम्युनिष्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई मेटिसिटी अस्पतालमा उपचारमा लापरवाही भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको छ ।

पुस २३ देखि विरामी परेका अधिकारीलाई तत्कालै मेटिसिटीमा अस्पतालमामा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्य अवस्था झन झनै बिग्रदै गएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखिएको छ ।

बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । उनका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

अधिकारीको सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौँ झिकाइएको छ ।