१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेता भरतमोहन अधिकारी अचेत, छोरीहरुलाई काठमाडौँ झिकाइयो



अ+ अ-

काठमाडौँ । कम्युनिष्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई मेटिसिटी अस्पतालमा उपचारमा लापरवाही भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको छ ।

पुस २३ देखि विरामी परेका अधिकारीलाई तत्कालै मेटिसिटीमा अस्पतालमामा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्य अवस्था झन झनै बिग्रदै गएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखिएको छ ।

बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । उनका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

अधिकारीको सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौँ झिकाइएको छ ।